मानब अधिकार राष्ट्रिय कार्ययोजनाका बिषयमा हेटौंडामा अन्तरक्रिया

हेटौंडा । पाँचौ मानब अधिकार राष्ट्रिय कार्ययोजना (२०७६। ७७– ९८१।८२) परामर्ष एबं अन्तक्रिया कार्यक्रम आज हेटौंडामा भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा ३ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले मुलुकमा स्थापना भएको संघीयता कार्यान्वयन हुन सकेमा नागरिकको मानवअधिकार सुनिश्चित हुने बताएका छन् ।
शिक्षा, स्वास्थ्य लगायत मानिसको आधारभूत आवश्यकताका साथै समग्र विकासमा सबै क्षेत्रका नागरिकको समान पहुँचका लागि मुलुकमा संघीय व्यवस्था स्थापना भएको चर्चा गर्दै मन्त्री दुलालले लक्ष्य प्राप्तिका लागि संविधामा व्यवस्था भएका कुराहरुलाई पूर्ण रुपमा कार्यान्वयन गर्न जरुरी रहेको उल्लेख गरे ।
“राज्यलाई विकसित गरी समृद्ध पारेर सामाजिक न्याय स्थापित गर्न सकेमात्र मानवअधिकार सुनिश्चित हुन्छ”, मन्त्री दुलालले भने ।
मानव अधिकार पुँजीवादी चिन्तनबाट विकासित अवधारणा रहेको उनको टिप्पणी थियो ।
प्रदेश नम्बर ३ का सामाजिक बिकाश मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिब डिल्लीराज घिमिरे, प्रदेश नम्बर ३ का प्रमुख सचिब आनन्दराज ढकाल, प्रदेशका मुख्यन्यायधिबक्ता सूर्यचन्द्र न्यौपाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ लगायतकाले आफ्ना कार्ययोजनाका बिषयमा सुझाबहरु राख्नुभएको थियो ।