चीन र बेल्जियमको कूटनीतिक सम्बन्धको ५० औं वार्षगाँठ

जनपत्र
९ कार्तिक २०७८, मंगलवार ०५:५९

चिनियाँ राष्ट्रपति सी चिनफिङ र बेल्जियमका राजा फिलिपले सोमबार कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा बधाइ सन्देश आदानप्रदान गरेका छन्।

आफ्नो सन्देशमा राष्ट्रपति सीले चीन-बेल्जियम सम्बन्धको विकासलाई ठूलो महत्त्व दिएको र कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठको अवसरमा राजा फिलिपसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्।

राष्ट्रपति सीले चीन र बेल्जियमबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्मान र आपसी हितका आधारमा आपसी सम्बन्धको निरन्तर विकास भइरहेको औंल्याएका छन्।

राष्ट्रपति सीले सन् २०१४ मा आफू र राजा फिलिपले चीन(बेल्जियम सम्बन्धलाई चौतर्फीरूपमा मैत्री सहकारी साझेदारीमा स्तरोन्नति गरेको र द्विपक्षीय सहयोग आदान-प्रदान गर्दै सहयोगमा फलदायी नतिजा आएको कुरा स्मरण गरेका छन्। कोभिड(१९ महामारीको प्रकोपपछि दुई देशका जनतामा नयाँ किसिमको हार्दिक सम्बन्ध विस्तार भएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*