मकवानपुर प्रशासनको सुबिधा सम्पन्न भवन निर्माण हुँदै

५ करोड २२ लाख लागतमा साढे दुईतलाको भवन निर्माण गर्न लागिएको हो ।
जनपत्र
७ जेष्ठ २०७६, मंगलवार ०८:३३

हेटौंड /  बषौअघिदेखि जिर्ण भवनबाट काम गरिदै आएको जिल्ला प्रशासन कार्यालय मकवानपुरको नयाँ भवन निर्माण गर्न सुरु गरिएको छ । ३० बर्ष भन्दा अगाडी निर्माण भएको जिल्ला प्रशासन कार्यालयको भवन २०७२ सालको भुकम्पका कारण झनै जिर्ण बनेको थियो । अहिले भने ठेक्का मार्फत नयाँ भवन निर्माण सुरु गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो ।

बिरुवा कन्ट्रक्सनले ५ करोड २२ लाख रुपैयाँ लागतमा भवन निर्माण गर्न सुरु गरेको छ । १० करोड १५ लाख रुपैयाँको लागत स्टमेटमा घटाएर ५ करोड २२ लाख रुपैयाँ लागतमा भवन निर्माणको काम सुरु गरेको हो । भवन निर्माणको काममा जग राख्ने काम भईरेहको छ । तर, अहिले सम्म पनि मोबिलाइजेसन रकम भने नदिइएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । धेरै कम दरमा ठेक्का सकार गरेकाले गुणस्तरमा समस्या हुने भएकाले आफ्नै प्राबिधिक खटाएर कामको निरक्षण भईरहेको उहाँले बताउनुभयो ।

जिल्लाको प्रशासनिक निकायमा काममा गुणस्तरमा कमि हुन नदिने उहाँले बताउनुभयो । साढे २ तलाको भवन निर्माण गर्न लागिएको आधुनिक सुबिधा सम्पन्न भवन निर्माण गर्नका लागि ३० महिना लाग्ने छ । गत भदौ महिना देखि काम सुरु गरिएको थियो । तर, अहिले सम्म जग राखेर पिल्लर उठाउने काम हुँदै छ । आउँदो असार महिना सम्ममा एउटा तलाको ढलान गर्ने तयारी भएको छ ।

प्रशासनको भवन निर्माण भइसकेपछी भवन अभाबका कारण बषौ अघिदेखिको समस्या पनि समाधान हुने छ । धेरै बर्ष अगाडी देखि भवन निर्माण गर्ने भनिएपनि बजेट अभाबका कारण भवन निर्माण हुन सकेको थिएन । तर, अहिले भने आफ्नो पहलमा बजेट ल्याएर काम सुरु गरिएको प्रजिअ तामाङले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*