टी–२० विश्वकप : भारतमाथि पाकिस्तानको ऐतिहासिक जित

जनपत्र
८ कार्तिक २०७८, सोमबार ०७:०६

टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको छ । भारतको १५२ रनको लक्ष्य पाकिस्तानी टीमले १७।५ ओभरमा एक विकेट गुमाएर प्राप्त गरेको थियो।

मोहम्मद रिजवानले ५५ बलमा ७९ रन र बाबर आजमले ५२ बलमा ६८ रन बनाए। आजसम्म पाकिस्तानले विश्वकपको कुनै पनि खेलमा भारत बिरुद्ध जित दर्ता गरेको छैन। यो पाकिस्तानको ऐतिहासिक जित हो ।

पहिलो इनिङ्समा ब्याटिङ गरेको भारतीय टोलीले ७ विकेट गुमाएर १५१ रन बनाएको थियो । पाकिस्तानले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

प्रारम्भिक असफलता पछि, भारतीय टीमका कप्तान विराट कोहली र ऋषभ पन्तले यसमा ठूलो भूमिका खेले। कोहलीले ५७ र पन्तले ३९ रन बनाए। १५२ रनको लक्ष्य पाउन पहिलो ओभर पाकिस्तानी टिमको लागि राम्रो थियो। ओपनर मोहम्मद रिजवानले भुवनेश्वर कुमारको पहिलो ओभरमा १० रन लिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*