एक लाख डोज फाइजर खोप भाेलि नेपाल आइपुग्ने

जनपत्र
७ कार्तिक २०७८, आईतवार १५:४२

काठमाण्डाै – अमेरिकी सरकारले नेपाललाई एक लाख ६ सय २० डोज फाइजर खोप उपलब्ध गराउने भएको छ । अमेरिकाले उपलब्ध खोप भाेलि सोमवार नेपाल आइपुग्ने अमेरिकी दूतावासले ट्वीट गरी जानकारी दिएको छ ।

अमेरिकाको फाइजर र जर्मनीको बायो एन्ड टेक कम्पनीले यो खोप संयुक्त रूपमा निर्माण गरेका हुन् ।

फाइजर खोप कोरोनाविरुद्ध नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोग भइसकेको छ ।

यसअघि अमेरिकाले जुलाई १२ मा १५ लाख ३४ हजार आठ सय ५० डोज जोन्सन एन्ड जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो । अमेरिकाबाट आउने फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी र किशोर–किशोरीलाई लगाउने सरकारकाे तयारी छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*