प्रदेश-१ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

जनपत्र
७ कार्तिक २०७८, आईतवार १३:२२

काठमाण्डाै – प्रदेश-१ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । अस्ति शुक्रवार प्रदेश सभा बैठकमा उहाँले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नु भएको थियो ।

यो प्रस्तावमाथि आज दिउँसो बस्ने बैठकमा छलफल गरी मतदान हुन लागेको हो । प्रस्तावमाथि छलफल र मत विभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले अहिले दिउँसो साढे १२ बजे हिउँदे अधिवेशनको बैठक बोलाउनु भएको छ । गएको भदौ महिनामा मुख्यमन्त्री नियुक्त भएका आचार्यको पद एमाले विभाजनसँगै धरापमा परेको छ ।

प्रदेश सभामा आवश्यक बहुमत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्दछ । नेकपा एमाले विभाजनसँगै १० जना सांसद एकीकृत समाजवादीमा गएपछि एमालेसँग ४१ जना सांसद बाँकी छन् । एमाले विभाजन भएका कारण अल्पमतमा रहेका आचार्यले प्रदेश सभामा विश्वासको मत पाउने सम्भावना कम छ ।

प्रदेश सभामा विपक्षी गठबन्धनको पक्षमा ५० जना सांसद छन् । नेपाली कांग्रेस २१, नेकपा माओवादी १५, नेकपा एस १०, जसपा ३, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १/१ जना प्रदेश सभा सदस्य छन् । आज बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत नपाए प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*