धादिङकाे गजुरीमा गुडिरहेको बसमा आगलागी

जनपत्र
७ कार्तिक २०७८, आईतवार १०:१०

धादिङ – पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी बजारमा गुडिरहेको यात्रुबसमा आगलागी भएको छ।

३६ जना यात्रु लिएर सुर्खेतबाट काठमाण्डौका लागि छुटेको ना ६ ख १४७१ नम्बरको बसमा आज बिहान ४ बजेतिर आगलागी भएको हो।

बसका यात्रु सकुशल रहेका छन् । तर बस र बसमा रहेको सामान भने जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बसको इञ्जिनबाट धुवाँ निस्किने बित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण मानवीय क्षति हुनबाट जोगिएको हो ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*