गोदावरी नगरपालिकामा ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको औषधि नि:शुल्क वितरण हुँदै

जनपत्र
७ कार्तिक २०७८, आईतवार ०२:०७

काठमाण्डाै – ललितपुरको गोदावरी नगरपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क रूपमा उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्ने भएको छ ।

गोदावरी नगरपालिकामा ७० वर्ष नाघेका व्यक्तिलाई आजदेखि अर्को सोमवारसम्म नि:शुल्क रुपमा  उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्न लागेको नगरपालिकाले जानकारी दिएको छ । गोदावरीको हरेक वडामा बिहान ११ देखि दिउँसो साढे ३ बजेसम्म औषधि वितरण गरिने छ ।

औषधिका लागि डाक्टरले दिएको प्रेस क्रिप्सन र ज्येष्ठ नागरिक परिचय पत्र लैजानु पर्ने कार्यक्रमका फोकल पर्सन टीका केसीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*