बाढी पीडित किसानलाई क्षतिपूर्ति दिन माग गर्दै वीरगंजमा प्रदर्शन

जनपत्र
७ कार्तिक २०७८, आईतवार ०६:१६

बेमौसमी बर्षाको कारण धानबालीमा पुगेको क्षतिको क्षतिपूर्ति दिन माग गर्दै वीरगंजमा प्रदर्शन गरिएको छ। वीरगंजको एक युवाहरुको समूहले घण्टाघरमा प्रदर्शन गरेको हो।

गरिब किसान तथा अन्नदातालाई क्षतिपूर्ति र राहत दिने बारे सरकारले खासै ध्यान नदिएको भन्दै लोसपाका यूवा नेता ओमप्रकाश सर्राफको संयोजकत्वमा प्रदर्शन गरिएको हो। राहतको माग गर्दै युवाले हातमा प्ले कार्ड लिएर नाराबाजी समेत गरेका थिए।

‘पीडित किसानलाई क्षतिपूर्ति देउ’, ‘प्रति कट्ठा राहत घोषणा गर’, ‘कृषि बिमा लागू गर’, ‘अन्नदाता किसान नबाँचे हामी कसरी बाँच्नेरु’ जस्ता नारा लगाइएको थियो। हरेक वर्ष जलवायु परिवर्तनको कारण भारी वर्षा, हावाहुरीलगायत विभिन्न प्राकृतिक प्रकोपको सामना गर्दै आएका किसानले सरकारबाट राहत तथा क्षतिपूर्ति नपाउने भएकोले पनि सरकारको ध्यानाकर्षण गराइएको हो।

बेमौसमी वर्षाले तराईका २२ जिल्लाका धानबालीमा क्षति पुगेको छ भने पर्सामा वर्षेनी लगाइने ४७ हजार हेक्टर क्षेत्रफलमा आंशिक क्षति मात्र परेको छ। कृषि ज्ञान केन्द्र पर्साको तथ्याक अनुसार करिब ७ प्रतिशत धानबालीमा वर्षाले पाकेको धानलाई क्षति पुर्‍याएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*