एमाले वडा अधिवेशन : मकवानपुरगढी–५ मा गोले
हेटौँडा – नेकपा एमाले मकवानपुरगढी वडा नम्बर ५ को अध्यक्षमा कृष्ण बहादुर गोले चयन हुनुभएको छ । आज मकवानपुरगढी–५ मा भएको अधिवेशनले गोलेको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि गठन गरेको हो ।
कमिटिको उपाध्यक्षमा मान बहादुर श्रेष्ठ , सचिवमा राम कुमार खड्का, उपसचिवहरुमा दिपक सिंह रुम्बा र स्मिता दाहाल चयन हुनुभएको छ । वडा कमिटी अध्यक्ष बिष्णु दंगालको सभाध्यक्षतामा भएको अधिवेशनमा एमाले जिल्ला कमिटी सदस्य मेम्बर लोको प्रमुख अतिथ्यता थियो । कार्यक्रममा जिल्ला कमिटी सदस्य इन्द्र संजेल, जीत बहादुर घिमिरे, मनोज पोख्रेल लगायतको आतिथ्यता थियो ।