पहिरोले मुहान पुरेपछि फिदिममा खानेपानीकाे समस्या

जनपत्र
६ कार्तिक २०७८, शनिबार १८:२३

पाँचथर – पहिरोले मुहान पुरेपछि पाँचथरको सदरमुकाम फिदिम बजारमा तीन दिनदेखि पिउने पानीको समस्या भएको छ । मुहान पहिराेमा परेपछि बुधबारदेखि पानी आपूर्ति ठप्प हुँदा फिदिम नगरपालिका वडा नम्बर  १, २ र ४ मा पानीको हाहाकार भएको हो ।

मुहानका सबै संरचनाहरु भत्किएका छन् । रानीटार र लुङरुपाको बीचमा रहेको आप्तुवा खोलाको मुहान मर्मत गरेर पानी आपूर्ति गर्न एक हप्ता भन्दा बढी समय लाग्ने फिदिम खानेपानी तथा सरसफाई समितिको अध्यक्ष समेत रहनुभएका फिदिम नगरपालिका–१ का वडाध्यक्ष गजाधर भट्टराईले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*