भगवान बुद्धको बचन सम्वन्धी पाठ पुजा
हेटौंडा । विश्वव्यापी रुपमा फैलिएका बिभीन्न रोग निवारण र सम्पूर्ण प्राणि जगतको हितको निम्ति आज देखि हेटौंडा–५ मा वार्षिक पूजा कार्यक्रम र भगवान बुद्धको बचन सम्वन्धी १८ ठेलीबुम पाठ पुजा सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले सबैको धार्मिक आस्था आ–आफ्नै हुने वताउनुभयो । भगवान गौतम बुद्ध भने सबैको आस्थाका धरोहर रहेको र बुद्धको मार्गमा लाग्न सबैलाई आग्रह समेत गर्नुभयो ।