मकवानपुरमा नेकपा एमालेको वडा अधिवेशनबाट को–को चुनिए ?
![](https://www.janapatra.com/wp-content/uploads/2021/10/111-2.jpg)
हेटौंडा । नेकपा एमालेले मकवानपुरका करिब ९७ वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । सबैजसो वडामा सर्वसम्वत ढंगले कार्यसमिति चयन गरेको छ । हिजो केही वडाको अधिवेशन सम्पन्न भएको र आज भने बाँकी सबै वडाको अधिवेसन भएको एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले वताउनुभयो ।
मकवानपुरका दश वटै स्थानीय तहमा वडा अधिवेशन सम्पन्न भएका हुन् । नेकपा एमाले हेटौँडा उपमहानगरपालिका वडा नंबर १ को अध्यक्षमा उत्तमप्रसाद पौडेला चयन हुनु भएको छ । आज देशैभर एकैसाथ भएको एमाले वडा अधिवेशनको सन्र्दभमा हेटौँडा १ मा भएको अधिवेशनले पौडेलको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि निर्माण गरिएको हो ।
कमिटिको उपाध्यक्षमा जगतबहादुर थिंग, सचिवमा नारायण सुनुवार, उपसचिवमा रुपा ढुंगना र महम्वत सफिक चयन भएका छन् । सदस्यहरुमा विनोद कौटिल्य, इन्साफ केसी, दिपक घिमिरे, अनिल काफ्ले, राजेन्द्र लामा, मायादेबी गौतम लगाएतका रहेका छन् । कार्यक्रम एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको होे ।
नेकपा एमाले हेटौँडा उपमहानगरपालिका वडा नंबर २ को अध्यक्षमा रामकृष्ण तिमल्सिना चयन हुनु भएको छ । आजको वडा अधिवेशनले हेटौँडा २ मा तिमल्सिनाको अध्यक्षतामा ३४ सदस्यीय वडा कमिटि निर्माण गरिएको हो । कमिटिमा उपाध्यक्ष मिन राज पौडेल, सचिब रेणु श्रेष्ठ (गरुङ्ग), उपसचिव राम प्रसाद ढोडारी र विषलाल खड्गी निर्बिरोध चयन हुनु भएको छ । अधिवेशनमा १०५ जना संगठित सदस्यको उस्पस्थिति रहेको थियो ।
अधिवेशन बागमती प्रदेश कमिटि सदस्य भोजराज ढकालको प्रमुख आतिथ्यता तथा जिल्ला सचिवालय सदस्य मदन दाहालको विशिष्ट अतिथियतामा सम्पन्न भएको हो ।
यसैगरी नेकपा एमाले हेटौँडा उपमहानगरपालिका वडा नंबर ३ को अध्यक्षमा माधव बर्तौला चयन हुनु भएको छ । वडा अधिवेशनको हेटौँडा –३ कमिटिको उपाध्यक्षमा राजेन्द्र बर्तौला, सचिवमा बसन्तकुमार घलान, उपसचिवमा इन्दीरा थपलिया र देबेन्द्र बर्तौला चयन भएका छन् । अधिवेशनमा विभिन्न पार्टी परित्याग गर्दै १ सय जना एमालेमा प्रवेश गरेका छन् । एमाले जिल्ला सचिवालय सदस्य फुर्वादोर्जे लामाको प्रमुख आतिथ्यतामा भएको भेलालमा वडा अध्यक्ष रामकुमार पुडासैनीको विशेष आतिथ्यता रहेको थियो ।
यसैगरी नेकपा एमाले हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ को अध्यक्षमा राजेन्द्र बस्ताकोटी चयन भएका छन् । वडा अधिवेशनले बस्ताकोटीको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटि निर्माण गरिएको हो ।
कमिटिको उपाध्यक्षमा नानिराम अर्याल, सचिवमा प्रकाश सुवेदी उपसचिवहरुमा विक्रम लामिछाने र गिता त्रिपाठी चयन भएका छन् । वडा अधिवेशन भएका मकवानपुरका सचिवालय सदस्य नविन सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ को अध्यक्षमा कुलप्रसाद त्रिपाठी चयन हुनुभएको छ । हेटौंडा ७ मा भएको अधिवेशनले त्रीपाठीको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी निर्माण गरिएको हो । कमिटीको उपाध्यक्षमा उर्मिला लामा, सचीवमा सुशील सुबेदी, सहसचिवहरुमा किरण लामिछाने र रेखा मैनाली चयन हुनुभएको निर्वाचन समिति संयोजक तथा एमाले जिल्ला सचिवालय सदस्य ध्रुव प्रसाद चौलागाईंले जानकारी दिनुभयो ।
वडा कमिटी अध्यक्ष सोम बहादुर तामाङको अध्यक्षतामा भएको अधिवेशनमा एमाले जिल्ला कमिटी अध्यक्ष बद्री लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टीको बिधान बमोजिम विभिन्न कमिटीमा रहि लामो समय क्रियाशिल भइ उमेरले ७० बर्ष कटेका जेष्ठ सदस्य एवं ७ नम्बर वडा कमिटी अध्यक्ष सोम बहादुर तामाङ र वडाका नेता प्रेम प्रसाद गौतमलाई कदर पत्र सहित सम्मान गरिएको थियो । उनिहरुलाई एमाले जिल्ला कमिटी अध्यक्ष बद्री लम्साल, जिल्ला सचिवालय सदस्य राजन थापाले सम्मान गर्नुभयो ।
यसैगरी नेकपा एमाले बकैया गाउँपालिका वडा नंबर ४ को अध्यक्षमा मिनबहादुर आलेमगर चयन हुनु भएको छ । एमाले वडा अधिवेशनको सन्र्दभमा बकैया ४ मा भएको अधिवेशनले आलेमगरको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि निर्माण गरिएको हो । कमिटिको उपाध्यक्षमा कुमारी लो, सचिवमा दिपकप्रसाद घिमिरे उपसचिवहरुमा प्रमिला तिमल्सिना दाहाल र दिपक दुलाल चयन भएको एमाले जिल्ला सदस्य सुस्मिता घोरासैनीले बताउनुभयो ।
यसैगरी नेकपा एमाले बकैया गाउँपालिका वडा नंबर ७ को अध्यक्षमा पूर्णप्रसाद तिमल्सिना चयन हुनु भएको छ । एमाले वडा अधिवेशनको सन्र्दभमा बकैया ७ मा भएको अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि निर्माण गरिएको हो । कमिटिको उपाध्यक्षमा टिकाकुमारी, सचिवमा रुपकमुमार ढुंगेल उपसचिवहरुमा बुदन घलान र रामकुमार लामा चयन भएका छन् । वडा अधिवेशन भएका एमाले मकवानपुरका जिल्ला सदस्य राजन दंगालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।