ताइवानको विषयमा बोल्दा सम्हालिन अमेरिकालाई चीनको सुझाव

जनपत्र
६ कार्तिक २०७८, शनिबार १५:४९

unn.prixa.net

काठमाण्डाै – चीनले ताइवान मामिलामा सम्हालिएर बोल्न अमेरिकालाई सुझाव दिएको छ ।

हिजो अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले हमला गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने बताउनुभएको थियो । जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ताइवानका सम्बन्धमा बोल्दा शब्द चयनमा सर्तकता अपनाउन अमेरिकालाई सुझाव दिनुभएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

यदि ताइवानका विभाजनकारीलाई गलत संकेत दिएमा अमेरिका र चीनको सम्बन्धमा क्षति पुग्ने र ताइवानमा शान्ति तथा स्थिरता भंग हुनसक्ने उहाँले बताउनुभयो । ताइवानको मुद्दा पुरै रुपमा चीनको आन्तरिक मामिला भएकोले यसमा कुनै पनि विदेशी दखलका लागि अनुमति नभएको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित प्रेस ब्रिफिङमा बताउनुभयो ।

चीन र ताइवानबीच दशकौंदेखि तनाव छ । १९४० को दशकमा भएको गृहयुद्धका बेला चीनबाट ताइवान अलग भएको थियो । ताइवानले आफूलाई स्वतन्त्र देश मान्ने गरे पनि चीनले यसलाई आफ्नो स्वायत्त प्रान्तका रुपमा हेर्छ । ताइवानको आफ्नै संविधान, लोकतान्त्रिक रुपले चुनिएका नेता र झन्डै तीन लाख सक्रिय सैनिक छन् । पछिल्लो समय चीन र ताइवानबीच फेरि तनाव बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*