बाढीपहिराे पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग ओलीको माग

जनपत्र
६ कार्तिक २०७८, शनिबार १४:२८

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तरकाे वर्षाका कारण पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।

अध्यक्ष ओलीले बेमौसममा आएको वर्षाका कारण ज्यान गएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नु भयो । शनिबार पार्टीको वडा अधिवेशनहरुको भर्चुअल रुपमा उद्घाटन गर्दै उहाँले बाढी पहिराेकाे मारमा परेकाहरुलाई राहत दिने र उद्धार कार्यमा संलग्न हुने पार्टीका नेता, कार्यकर्तालाई  धन्यवाद पनि दिनु भयो ।

अध्यक्ष ओलीले पार्टी भित्र उन्नतस्तरको एकता रहेको दाबी समेत गर्नु भयो । उहाँले उन्नत स्तरको समझदारीका साथ देशभरका सबै वडा अधिवेशनहरु सम्पन्न हुने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले निरन्तरकाे वर्षाका कारण आज हुन नसकेका वडा अधिवेशनहरु छिट्टै सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरुलाई निर्देशन दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*