पाँचथरमा पहिरोमा परि घाइते भएकाकाे उपचारका लागि गएका दुई स्वास्थ्यकर्मी सम्पर्कविहीन

जनपत्र
६ कार्तिक २०७८, शनिबार ११:३६

पाँचथर–पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरोमा परि घाइते भएकाको उपचारका लागि गएका दुई जना स्वास्थ्यकर्मी बेपत्ता भएका छन् ।

इलामको माङसेबुङ गाउँपालिकाबाट पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ मा रहेकाे चिसापानी पञ्चमी जान लागेका स्वास्थ्यकर्मी सुमन राई र ठाकुरसिंह याक्खा पाँच  दिनदेखि सम्पर्कविहीन रहेका मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले जानकारी दिनुभयो ।

पाँचथरमा बाढीपहिरोमा परि बेपत्ता हुनेको सङ्ख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मिक्लाजुङमा तीन, फिदिममा दुई र फाल्गुनन्दमा एक जना बेपत्ता भएका छन् । उनीहरूको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिरहेका जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

पाँचथरमा अहिलेसम्म बाढीपहिरोमा परि ३० जनाले ज्यान गुमाइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*