बङ्ग्लादेशमा रोहिङ्ग्या शरणार्थी शिविरमा भएको आक्रमणमा सात जनाको ज्यान गयो

जनपत्र
६ कार्तिक २०७८, शनिबार ११:१५

काठमाण्डाै – बङ्ग्लादेशमा रोहिङ्ग्या शरणार्थी शिविरमा भएको आक्रमणमा कम्तीमा सात जनाको ज्यान गएको छ । केही घाइते भएका छन् ।

बालुखली रोहिङ्ग्या शिविरको पाठशालामा आक्रमणकारीले केहीलाई गोली र केहीलाई चक्कु प्रहार गरेको स्थानीय प्रहरीलाई उदृत गर्दै समाचार संस्था अल्जजिराले जनाएको छ । चार जनाको घटनास्थलमै र अरु तीन जनाको उपचारका क्रममा ज्यान गएको खबरमा उल्लेख छ । घटनामा संलग्न पाँच जनालाई पक्राउ गरिएको र अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मानव अधिकारवादी समूहले घटनाको पूर्ण छानबिन गर्न माग गरेका छन् । तीन हप्ता पहिले रोहिङ्ग्या समुदायका एक नेताको उनकै कार्यालय अगाडि गोली हानी हत्या भएको थियो । त्यसयता म्यानमारबाट आएका ९ लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीको बसोबास रहेको बङ्ग्लादेशी शिविर तनावपूर्ण अवस्थामा छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*