मकवानपुरका दश वटै स्थानीय तहमा वडा अधिवेशन हुँदै
हेटौंडा । मकवानपुरका दश वटै स्थानीय तहका बिभीन्न वडाहरुमा वडा अधिवेशन हुँदै छ । हिजो हेटौंडाका दुइ वटा वडा र केही गाउँपालिकाका वडाहरुमा पनि वडा अधिवेशन भएपनि आज भने बाँकी सबै वडाका अधिवेशन हुने नेकपा एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले वताउनुभयो । वडा अधिवेशनको सबै तयारी पुरा भइसकेको उहाँले वताउनुभयो ।
सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सहमति नभएका ठाउँमा लोकतान्त्रिक विधिबाट निर्वाचन गर्न एमाले केन्द्रले सर्कुलर गरेको छ । तर, मकवानपुरका सबैजसो वडामा सर्वसहमतीबाटनै अधिवेशन हुने सचिब श्रेष्ठले वताउनुभयो ।
यस्तै आउँदो ९ गते सात सबै पालिकामा अधिवेशन भइ नयाँ नेतृत्व चयन हुने एमालेले जनाएको छ । अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहनेछन् ।