एमालेले बनायो प्रभु साह निकटका दुई जनालाई केन्द्रीय सदस्य

जनपत्र
६ कार्तिक २०७८, शनिबार ०६:३७

नेकपा (एमाले) को आजको स्थायी कमिटी बैठकले एकता प्रक्रियामा सामेल भएका दुई नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । थपिएका सदस्यमा कुन्दन कुशवाह (रौतहट) र मोहम्मद समीर (बारा) रहेको एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनीहरु नेकपा (माओवादी केन्द्र) बाट एकतामा सामेल नेता प्रभु साहनिकट रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*