इन्डोनेसियासँग हार्‍याे नेपाल

जनपत्र
६ कार्तिक २०७८, शनिबार ०६:२१

इन्डोनेसियासँग मैत्रीपूर्ण फुटबल खेलमा नेपाल हारेको छ। ताजकिस्तानमा शुक्रबार भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपालको यू–२३ टोली इन्डोनेसियाको यू–२३ टोलीसँग २–० गोल अन्तरले हारेको हो।

एएफसी यू–२३ एसियाकप छनोट खेल्न ताजिकिस्तान गएको नेपालले तयारीस्वरूप इन्डोनेसियासँग मैत्रीपूर्ण प्रतिस्पर्धा गरेको हो। त्यहाँको गासर सेन्ट्रल स्टेडियमा भएको खेलमा इन्डोनेसियाले नेपालविरुद्ध दोस्रो हाफमा दुई गोल हानेको हो।छनोटमा नेपाल समूह बी मा छ। यस समूहमा ताजाकिस्तान, लेबनान र इरान छन्। नेपालले पहिलो प्रतिस्पर्धा यही अक्टोबर २५ मा इरानसँग गर्नेछ।

छनोटको शीर्ष स्थानमा रहने टोली सीधै यू–२३ एसियाकप खेल्न छनोट हुनेछ। सबै समूहका दोस्रो हुने टोलीमध्ये चारवटाले पनि प्रतियोगिता खेल्न पाउनेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*