रवी लामिछाने फान्डेसनमार्फत कालिकोटको रास्कोट सामुदायिक अस्पताललाई आर्थिक सहयोग

पुष्पतारा केडिया सेवा फाउन्डेसनले कालिकोटमा बन्न लागेको अस्पताल भवन निर्माणमा आर्थिक सहयोग गरेको छ । फान्डेसनले रवी लामिछाने फान्डेसनमार्फत् रास्कोट सामुदायिक अस्पतालको भवन निर्माणमा सहयोग गरेको हो ।
सहयोग केडिया अर्गनाइजेसनका अध्यक्ष ताराचन्द केडियाले हस्तान्तरण गरे । सहयोग रकम फाउन्डेसनको तर्फबाट ३ लाख २० हजार र श्री स्टील्सकका तर्फबाट ३ लाख २० हजारसहित कुल ६ लाख ४० हजार रुपैयाँ रहेको छ । रास्कोटमा कम्युनिटि अस्पताल आधारभूत स्वास्थ्य सुविधाबाट बञ्चीत कर्णालीका जनताका लागि बन्न लागेको हो ।