पिलीमा खसेकाे पहिरो हटाइयो, कर्णाली राजमार्ग खुल्यो

जनपत्र
५ कार्तिक २०७८, शुक्रबार १७:०४

कालीकोट – गएकाे आइतवारदेखिकाे वर्षापछि पहिरो खसेर बन्द भएको कर्णाली राजमार्ग आज शुक्रवारदेखि खुलेकोे छ ।

नेपाली सेना, सशत्र प्रशरी, जनपथ प्रहरी, सडक डिभिजन कार्यालय जुम्ला र पालिकाकाे सक्रियतामा कर्णाली राजमार्ग अन्तर्गत पिलीमा गएको पहिरो हटाइएपछि राजमार्ग खुलेको हो ।

पिलीमा आएको ठूलो पहिरो हटाउन प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट हेलिकप्टरमार्फत ड्रिल मेशिन मगाइ ढुङ्गा फुटाएर सडक सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आर्चायले बताउनुभयो ।

सडक सञ्चालनमा आएपछि रोकिएका गाडी गन्तव्यतिर हिँडेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*