चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका प्रतिरक्षामा उत्रने

जनपत्र
५ कार्तिक २०७८, शुक्रबार १४:००

काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका ताइवानको प्रतिरक्षामा उत्रिने बताउनु भएको छ । उहाँले ताइवानको रक्षाका लागि आफूहरु प्रतिबद्ध रहेको बताउनु भएको हो ।

अमेरिकाले गोप्य रुपमा ताइवानका सेनालाई प्रशिक्षण दिइरहेको छ । राष्ट्रपति बाइडेनले अमेरिकी सेना नै सबैभन्दा शक्तिशाली हो भन्ने कुरा विश्वलाई थाहा भएको कुरा भन्दै ताइवानमाथि दबाब नपार्न आग्रह गर्नु भएको छ ।

बाइडेनको यो भनाइलाई ताइवानलाई आफ्नो हिस्सा मान्ने चीनले ताइवानमाथि थप दबाब बढाएमा अमेरिकाले सैन्य कदम चाल्न सक्ने सङ्केतको रुपमा विश्लेषण गरिएको छ । यसअघि ताइवानले पनि आफ्नो देशमा दबाब नबढाउन चीनलाई चेतावनी दिएको थियो ।

ताइवानका राष्ट्रपतिले आफ्नो देशको रक्षाका लागि जस्तोसुकै कदम चाल्ने बताउनु भएको थियो । ताइवानले आफूलाई स्वतन्त्र देश मान्दै आए पनि चीनले भने ताइवानलाई आफ्नै हिस्सा मान्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*