पश्चिमी वायुको प्रभावले फेरि बद्ली, ठूलो पानी पर्दैन : मौसमविद्

जनपत्र
५ कार्तिक २०७८, शुक्रबार १३:०८

काठमाण्डाै – पश्चिमी वायुको आंशिक प्रभाव परेकाले काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

बिहान बादल हटेर घाम लाग्ने भनिए पनि पश्चिमी वायुको प्रभावका कारण लगातारजसो जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाले बादल हट्न नसकेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो।

उहाँका अनुसार बादल लागे पनि ठूलो पानी पार्ने गरी प्रणाली विकसित नभएकाले आज ठूलो वर्षाको सम्भावना भने छैन । तर, केही ठाउँमा भने हल्का वर्षा हुन सक्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार पश्चिमी वायुको प्रभावकै कारण भोलि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । विशेषगरी वाग्मती, गण्डकी र प्रदेश-१ का धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनु भयो । एक, दुई ठाउँमा मेघगर्जनसहित चट्याङ्ग पर्ने सम्भावना पनि रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

अक्टोबर महिनामा मनसुनपछिको अवस्था अर्थात पोस्ट मनसुनका गतिविधि सक्रिय हुने भएकाले पानी पर्ने मौसमविद्ले बताएका छन् । लगातार पाँच दिनसम्म परेको पानीले देशका धेरै ठाउँमा बाढी पहिरो जानुका साथै तराईका धेरै ठाउँ डुबानमा परेका छन् ।

हिजो मौसम सफा भएर घाम लागे पनि फेरि पश्चिमी वायुको प्रभावले मौसम धुम्मिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*