तीन दिनपछि सञ्चालनमा आयाे भीमदत्त राजमार्ग

जनपत्र
५ कार्तिक २०७८, शुक्रबार १०:१३

डाेटी – सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग तीन दिनपछि सञ्चालनमा आएको छ ।

भासु भिर, डडेलधुराकाे साहुखक तथा डोटीको गैरा तथा गोल्डेनमा खसेको पहिरो पन्छाएपछि आजदेखि राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डोटीका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो।

राजमार्ग सञ्चालनमा आएपछि अलपत्र परेका यात्रु र गाडी गन्तव्यतर्फ लागेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*