मकवानपुर प्रहरीद्वारा आठ जना फरार प्रतिवादी पक्राउ

चेक अनादर मुद्दामा जिल्ला अदालत मकवानपुरले दुई हजार जरिवाना तोकिएका तीन जना पक्राउ
जनपत्र
५ कार्तिक २०७८, शुक्रबार ०७:२९

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले एकै दिन ८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । अदालतको फैसलाबाट कैद भुक्तान गर्नुपर्ने र जरिवाना तोकिएका तर, फरारसुचिमा रहेका आठ जनालाई पक्राउगरि अदालत पेस गरिएको हो ।

मकवानपुर जिल्ला अदालतको मिति २०७८ बैशाख १६ गतेको फैसलाले चेक अनादर मुद्दामा दुई हजार जरिवाना तोकिएका तीन जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ बस्ने २३ वर्षको उमेश बिक, २२ वर्षको श्याम बिक र २२ वर्षको बिशाल भन्ने हरि बिकलाई पक्राउ गरि अदालत पेस गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता देवेन्द्र दासले जानकारी दिनुभयो ।

यसैगरी जिल्ला अदालतको २०६८ चैत २६ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना ३ दिन कैद र दुई हजार जरिवाना तोकिएका फरार प्रतिवादी जिल्ला मकवानपुर बसामाडी १ नेवारपानी बस्ने वर्ष ३१ का लक्ष्मण बहादुर गोलेलाई बसामाडीबाट पक्राउ गरी आवश्यक कारवाहीको अदालत पेस गरिएको छ ।

यसैगरी अदालतको २०७६ मंसिर १० गतेको फैसलाले सवारी ज्यान मुद्दामा ४ महिना ३ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी हेटौंडा– १५ बस्ने वर्ष २४ को प्रदिप प्रजालाई प्रहरीले पक्राउ गरि अदालतमा पेस गरेको निमित्त प्रवक्ता दासले वताउनुभयो ।

बैदेशिक रोजगार न्यायाधिकरणको २०७६ साल बैशाख १७ गतेको फैसलाले बैदेशिक रोजगार ठगि मुद्धामा १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी मनहरी गाउँपालिका वडा नम्बर–३ हाँडीखोला घर भई हाल जिल्ला काठमाडौं –२६ बस्ने वर्ष ४९ कुमार प्रसाद पौडेललाई पक्राउ गरि अदालत पेस गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी जिल्ला अदालतको मिति २०७७ साल चैत ९ गतेको फैसलाले लागुऔषध मुद्धामा ७ महिना १३ दिन कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी हेटौंडा– १५ बस्ने बर्ष ५८ को राम बहादुर बललाई पक्राउ गरि अदालतमा पेस गरिएकोे छ ।

यसैगरी मकवानपुर जिल्ला अदालतको मिति २०७७ साल फागुन २६ गतेको फैसलाले लागुऔषध मुद्धामा १ बर्ष ११ महिना ७ दिन कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी मकवानपुरगढी गाउँपालिका वडा नम्बर– ४ बस्ने बर्ष ६८ को बिष्णु लाल रुम्बालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि अदालत पेस गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*