नदीमा हाम फालेकी आमाकाे अवस्था अज्ञात, छाेराकाे शव भेटियाे

जनपत्र
५ कार्तिक २०७८, शुक्रबार ०६:३६

पाँच वर्षीय बालकसहित आज बैतडीमा दुई जना मृत फेला परेका छन्। सुर्नया गाउँपालिका–५ कक्स्यालीका ४७ वर्षीय ध्वजबहादुर विष्ट आज मृत फेला परेका हुन्।

असोज २९ गते घोडधौनी दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेका विष्ट आज बिहान १० बजे कक्स्यालीमा मृत फेला परेका हुन्। विष्टको मृत्यु कसरी भयो भन्ने खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

यस्तै डिलाशैनी–४ मठैराजका पाँच वर्षीय सुभम विष्ट पनि मृत फेला परेका छन्। सुभमको शव दोगडाकेदार–६ चम्तडी नजिक चौलानी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ।

कात्तिक २ गते सुभमकी आमा २८ वर्षीया जयन्ती विष्टले सुभमसहित जमाडी नदीमा हाम फालेकी थिइन्। जयन्तीको अवस्था अझै अज्ञात छ। जयन्तीका श्रीमान घरमै छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*