अमेरिकाबाट १२ वर्ष माथिकालाई लगाउन मिल्ने १ लाख डोज कोरोना खोप यो साता नेपाल आइपुग्ने
अमेरिकाबाट एक लाख डोज कोरोना भाइरसविरुद्धको खोप यसै साता नेपालमा आइपुग्ने भएको छ । अमेरिकाको सहयोगमा कोभ्याक्स सुविधामा १२ वर्ष माथिका उमेर समूहलाई लगाउन सकिने एक लाख डोज फाइजर खोप यसै साता नेपाल आइपुग्ने जनाइएको छ ।
अमेरिकाबाट यसै साता आइपुग्ने फाइजर खोप १२ वर्ष माथिका दीर्घ रोगीहरूलाई लगाउने तयारी भएको बताइएको छ । सरकारले दसैंअगाडि नै यो खोप आउने जनाए पनि आउन सकेन ।