अब फेसबुककाे नाम परिवर्तन हुने, रिब्राण्डिङ गर्दै कम्पनी

जनपत्र
५ कार्तिक २०७८, शुक्रबार ०६:२१

फेसबुकले नाम परिवर्तन गर्ने तयारी गरेको छ । मेटाभर्स परियोजनालाई दर्शाउने गरी कम्पनीले आउँदो साता फेसबुकको नाम परिवर्तन गर्ने भएको हो । कम्पनीका सीईओ मार्क जुकरबर्गले आउँदो २८ तारिखमा आयोजना हुने वार्षिक कार्यक्रम ‘कनेक्ट कन्फ्रेन्स’ मा कम्पनीको नाम परिवर्तन गर्ने गरी छलफल अघि बढाएका छन् ।

नाम परिवर्तनको विषय उक्त कार्यक्रमअघि नै घोषणा गर्ने तयारी भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यम भर्जले उल्लेख गरेको छ ।

जसरी सन् २०१५ मा गुगलले आफ्नो मुख्यको कम्पनीको नाम अल्फाबेट बनाएको थियो । फेसबुकले पनि सोहीअनुसार फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका अन्य कम्पनीलाई समेट्ने गरी मुख्य कम्पनी खडा गर्नसक्ने आँकलन गरिएको छ । हालसम्म यी सबै कम्पनी फेसबुक ईंकअन्तर्गत सञ्चालित छन् । टेकपानाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*