बागमती प्रदेशका कालिज पालक किसानसंग हेटौंडामा छलफल

किसानको हितका निम्ति काम गछौं–मन्त्री लामा
जनपत्र
४ कार्तिक २०७८, बिहीबार १९:१०

हेटौंडा । बागमती प्रदेशका कालिज पालक व्यावसायी कृषकहरुसंग कालिज पालनको अवस्था, समस्या र भविस्यमा संबोधन गर्नुपर्ने कार्यक्रमहरुबारे आज हेटौंडामा छलफल भएको छ । प्रदेशको पसुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाको आयोजनामा छलफल भएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै बागमती प्रदेशको भूमि व्यवस्था कृषि, तथा सहकारी मन्त्री चन्द्र लामाले किसानको हितका निम्त काम गर्न आफुहरु तयार रहेको वताउनु भएको छ । कालिज पालनमा धेरै खालका चुनौती पनि रहेकाले त्यसमा प्रदेश सरकारले सहयोग गर्ने वताउनुभयो । कालिज पालेर विदेश लैजानका लागि समस्या भएकाले संघीय सरकारसंग समन्वय गर्न प्रदेश सरकार तयार रहेको वताउनुभयो । बोल्ने मात्र भन्दा पनि किसानको हितका लागि काम गरेर देखाउने उहाँले वताउनुभयो ।

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले कालिज पालन राम्रो व्यवसाय भएकाले यसलाई प्रदेश सरकारले सहयोग गर्ने वताउनुभयो । कालिज पालनमा कानूनी अड्चनका कारण केही समस्या भएको उहाँले वताउनुभयो । नेपालमा कानून । कार्यविधि धेरै वन्ने र कार्यान्वयन नहुने गरेको वताउनुभयो । कालिज पालनका लागि अनुदान माग गरौं यसमा सहयोग गर्न तयार रहेको वताउनुभयो । व्यावसायीक रुपमा आफुहरुले सुविधा लिएपछी आम उपभोक्तालाई पनि सुविधा दिनुपर्ने वताउनुभयो ।

कार्यक्रममा प्रस्तुतीकरण गर्दै प्रदेशको पसुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डाक्टर राम प्रकास प्रधानले कालिज पालनमा किसानको अकर्षण बढेको वताउनुभयो । यसको पालन गर्नका लागि किसानलाई कानूनी प्रक्रिया झन्झटिलो भएको प्रधानले वताउनुभयो । कार्यक्रममा प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिकाबल्लभ सापकोटा, सहकारी बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटा लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*