एमाले नेतृत्वको सरकारले जनहितका धेरै काम गरेको छ – मुख्यमन्त्री शाक्य
मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बैठक सुरु भएको छ । सभामुख सानुकुमार श्रेष्ठले बैठक प्रारम्भ गरेका छन् । आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूचि छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत प्राप्त गर्नको लागि एमाले नेतृत्वको सरकारले करिब साँढे ३ बर्षको कार्यकालमा गरेको कामको समिक्षा गरिरहेकी छिन् । उनले एमालेको नेतृत्वमा जनहितकालागि प्रभावकारी काम भएकोसमेत बताइन् ।
प्रदेशमा ६ सय ४० पक्की सडकको बहुबर्षीय ठेक्का सम्झौता भएको, प्रदेशका १३ वटै जिल्लाहरुमा खानेपानीको पहुँच विस्तार गरिएको, राजधानीमा अवस्थित मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य हबको रुपमा विकास गर्ने गरी काम भइरहेको, कृषि क्षेत्रको विकासका लागि कृषकहरुलाई मल, बीउबीजन उपलब्ध गराउने कार्य गरिएको, युवा र खेलकुद कार्यक्रम लक्षित गरी ९१ वटा खेल संचालन गर्ने गरी तयारी गरिएको, शैक्षिक गुणस्तर विस्तारको लागि पहल भएको, उद्योग कलकारखानाको संरक्षण तथा विस्तारमा पहल भएको उनले उल्लेख गरेकी छिन् ।
आफ्नो नेतृत्वमा सरकार गठन भएलगत्तै प्रदेश सरकारका मन्त्रीहरुका लागि आचारसंहिता लागू गरेका, प्रदेशमा स्वास्थ्य मन्त्रालयको छुट्टै संरचना बनाइएको उल्लेख गरिन् । उनले सिन्धुपाल्चोकमा केही महिनाअघि आएको बाढीपहिरो प्रभावितका लागि ९० लाख रुपैयाँ पठाइएको, विपद् व्यवस्थापनमा प्रत्येक जिल्लामा १०–१० लाख रुपैयाँ पठाइएको पनि बताइन् ।
प्रदेश सरकार आत्मनिर्भरतर्फ उन्मुख भएको, वित्तीय अनुशासन कायम गर्न आवश्यक सजगता अपनाइएको, सबैभन्दा कम बेरुजु हुने प्रदेशका रुपमा बागमती प्रदेश स्थापित भएको उनको दाबी छ । उनले सुशासन कायम गर्नका साथै सार्वजनिक खर्चमा मितव्ययिता अपनाइएको, १३ वटै जिल्लामा पीसीआर मेसिन र अक्सिजन प्लान्ट निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको पनि बताइन् । उनले सुदृढ राष्ट्रिय अर्थतन्त्र विकास गरेरमात्र समाजवादतर्फको यात्रामा अघि बढ्न सकिने प्रस्ट पारिन् । आफ्नो नेतृत्वको सरकारले समाजवाद उन्मुख कार्यक्रमको प्रारम्भिक खाका तयार पारेको पनि उनले बताइन् ।
मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् । सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रकृया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य अहिले अल्पमतमा छिन् । एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अल्पमतमा परेकी हुन् ।
‘एमालेको सरकारले भ्रमको खेती गर्यो, गरिब जनताको खाना, नाना र छाना कहाँ पुग्यो ?’
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले एमाले नेतृत्वको सरकारले भ्रमको खेती गरेको आरोप लगाएका छन् । आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नेता बानियाँले वर्तमान सरकारले करिब साढे ३ बर्षे कार्यकालमा गरिब जनताको लागि खाना, नाना र छानाको नारा भजाएर व्यक्तिगत स्वार्थका लागि मात्रै काम गरेको बताए ।
‘सरकारले गरिब जनतालाई खाना, नाना र छानाको नारा लिएको थियो । आजसम्म कतिवटा खरका छानामा जस्ता हालिएका छन् रु, अनि म जवाफ माग्न चाहान्छु । राष्ट्रिय गौरवको आयोजना कहाँ पुगे रु पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङ्मार्ग निर्माणको काम कहाँ पुग्यो रु विद्युतीय बस कहिलेदेखि संचालन हुने हो रु’ उनले प्रश्न गरे ।
उनले भाषणबाजी गरेर मात्रै जनताको अवस्थामा परिवर्तन नआउने बताए । उनले अब सरकारको नेतृत्व संयुक्त गठबन्धनले गर्ने र अहिले भएका विकृति विसंगतिको अन्त्य गरिने बताए । वर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत नदिन समेत उनले सबैलाई आग्रह गरे । मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बानियाँले बताए ।
मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् । सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रकृया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य अहिले अल्पमतमा छिन् । एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अल्पमतमा परेकी हुन् ।
जमकट्टेलको प्रश्न ‘सत्ताधारी दलको मात्रै जनमत, हाम्रो चाँही सालको पात ?’
नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराज जम्कट्टेलले नेकपा एमालेले दम्भ र अहंकार मात्रै प्रदर्शन गरेकोले सर्वोच्च अदालतले गलहत्याएर निकालेको टिप्पणी गरेका छन् । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नेता जम्कट्टेलले सत्ताधारी एमालेले आफुहरुमात्रै जनमत प्राप्त दल भएको भन्दै अहंकार प्रदर्शन गर्नु गलत भएको बताए ।
उनले भने ‘ एमालेमा केपी ओली प्रवृत्ति हावी भएको छ । जसरी हुन्छ हेप्ने, चेप्ने, सकेसम्म यो व्यवस्था र संविधान ध्वस्त पार्न खोज्ने, संसद् र संविधानमाथि नै आक्रमण गर्ने अनि संयुक्त गठबन्धनबाट बनेको प्रधानमन्त्रीलाई परमादेशको सरकार भन्ने, यो उहाँको कस्तो राजनीतिक संस्कार हो रु’ ‘एमालेले पाएको चाँही जनमत, अनि हामीले पाएको चाँही सालको पात हो त रु उहाँले मात्रै जनमत पाएको भए, किन छाडेको त सरकाररु, पुर्याउनुस् न त बहुमत’ उनले थपे ।
जनमतकै आधारमा सर्वोच्च अदालतबाट परमादेश जारी भएको बताउँदै उनले संयुक्त गठबन्धन संविधान र लोकतन्त्रको रक्षाको लागि निर्माण भएको दावी गरे ।उनले मुख्यमन्त्री शाक्यलाई आफुहरुले विश्वासको मत नदिने बताए । उनले भने, हामीले उहाँलाई विश्वासको मत दिनुपथ्र्यो, तर उहाँ प्रतिगमनको पक्षमा उभिनुभएको छ । त्यसकारण दुःखका साथ भन्नुपर्छ उहाँलाई हामीले विश्वासको मत दिन सक्दैनौँ, उनले भने । यो समाचार हामिले तुखवरबाट साभार गरेका हौं ।
बागमती प्रदेशसभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रस्तुत गरेको भनाई जस्ताको तस्तै ।
मन्तव्य