हुम्लाकाे तुम्लिङमा फसेका चार विदेशी र तीन नेपालीको हेलिकप्टरबाट उद्धार
हुम्ला – हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका तुम्लिङमा अलपत्र परेका चार विदेशी र तीन नेपाली नागरिकको हेलिकप्टरबाट उद्धार गरिएको छ । हिमपातले तीन दिनदेखि अलपत्र परेका उनीहरूलाई आज बिहीवार उद्धार गरी सिमकोट ल्याइएको हो ।
हिमपातले वडा नं ६ लिमीको तुम्लिङमा अलपत्रमा परेर उद्धार गरिएका चार स्लोभानियाली नागरिक रहेका हुन् भने तीन उनीहरूसँगै गएका नेपाली नागरिक ट्रेकिङ गाडइ छन् । अलपत्र परि उद्धार हुनेमा स्लोभिनियाका बर्निक स्टोजन, ग्रोसोज बिक्टर, कोटिनक ल्भाम, लापन्जा कास्टेलिक दानीजेला छन् ।
हिमपातले तीनदेखि लिमीको तुम्लिङमा अलपत्र परेका स्लोभानियाली तीन पुरुष र एक महिलासहित तीन नेपाली ट्रेकिङ गाइडको एअर डाइनेस्टिक हेलिकोप्टरबाट उद्वार गरी सिमकोट ल्याइएको छ ।
सदरमुकाम सिमकोटबाट लिमीतर्फ हिँडेको १३ दिन भएको र तीन दिनदेखि लिमीको तुम्लिङमा हिमपातले अलपत्र परेको ट्रेकिङ गाइड अशिम तामाङले जानकारी दिनुभयो । लिमीको हल्जीगाउँमा गएर टेलिफोन गरी हेलिकप्टर बोलाएको उहाँले बताउनुभयो ।
यस्तै उनीहरूसँगै तुम्लिङमा फसेका अन्य ६ नेपाली नागरिक आजदेखि मौसम सफा रहेकाले पैदलमार्ग भएर खच्चडबाट सिमकोट पुग्ने भएको तामाङले जानकारी दिनुभयो । गएकाे आइतवार रातिदेखिको वर्षा र हिमपातले तीन दिनदेखि उनीहरू तुम्लिङमा फसेका थिए ।