स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक जना पक्राउ
काठमाण्डौ – स्रोत नखुलेको ८० लाख रुपैयाँसहित प्रहरीले भक्तपुरको लोकन्थलीबाट एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बाग्लुङ गल्कोट नगरपालिका–१० पाण्डवखानी घर भइ कोटेश्वर बस्ने ३६ वर्षीय चित्र बहादुर पुनलाई ८० लाख रुपैयाँसहित गएराति पक्राउ गरेको हो।
पुनलाई बा ४९ प ८५६५ नम्बरको स्कुटर र ३० लाख रूपैयाँसहित नियन्त्रणमा लिइएको र उनको कोठा खानतलासी गर्दा थप ५० लाख रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
उनलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।