बाढी–पहिरोका घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न आग्रह

जनपत्र
४ कार्तिक २०७८, बिहीबार १३:३४

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र आफन्तमा समवेदना व्यक्त गर्दै, बेपत्ताहरूको खोजी, घाइतेको उपचार, उद्धार र राहत वितरणमा राज्यका संयन्त्र परिचालन गराउने कार्यमा ध्यान पुग्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकोपका कारण किसानको धानबाली नष्ट भएको, विकास निर्माणका आयोजनामा क्षति पुगेकोमा पनि दुःख व्यक्त गर्दै उहाँले किसानलाई राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा सबैलाई समन्वय गरेर अघि बढ्न राष्ट्रपति भण्डारीले आग्रह गर्नुभएको छ ।

प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखको अवस्थामा राजनीतिक दल, सामाजिक सङ्घ संस्था, र जनसमुदायलाई समन्वय र सहकार्यसहित पीडितको उद्धार र सहयोगमा जुट्न पनि राष्ट्रपति भण्डारीले आग्रह गर्नुभएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*