कोरोना भाइरसविरुद्धको खोप अभियानमा भारतलाई ठूलो सफलता

जनपत्र
४ कार्तिक २०७८, बिहीबार ११:५७

काठमाण्डाै – भारतले कोरोना भाइरसविरुद्धको खोप अभियानमा ठूलो सफलता प्राप्त गरेको छ । भारतमा सय करोड अर्थात १ अर्ब डोजभन्दा बढी खोप लगाइएको छ ।

एक अर्ब डोज खोप पूरा भएको अवसरमा भारतका विभिन्न ठाउँमा कार्यक्रम हुँदैछन् ।  भारत चीनपछि एक अर्ब डोजभन्दा बढी खोप लगाउने पहिलो देश बनेको छ ।  चीनमा भने गएको जुनमा एक अर्ब डोजभन्दा बढी खोप लगाइएको थियो । भारतमा कोरोना भाइरस विरुद्धको खोप अभियान गएको जनवरी १६ तारिखदेखि सुरु भएको थियो ।

लक्ष्यअनुसारको खोप अभियानलाई पूरा गर्न चुनौती भए पनि त्यसलाई पार गर्न सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । धेरै जनसङ्ख्यासँगै ग्रामीण क्षेत्रसम्म खोप पुर्याउन चुनौती देखिएको थियो । तर, चुनौतीका बीच पनि लक्ष्य पूरा गरेको सरकारी अधिकारीहरुले बताएका छन् ।

१ अर्ब डोजभन्दा बढी खोप लगाएको खुशीयाली मनाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो उपलब्धिका लागि डाक्टर, नर्ससहित स्वास्थ्यकर्मीलाई बधाई दिनु भएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*