कोभिड-१९ को महामारी अझै एक वर्ष लम्बिने चेतावनी
काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोभिड-१९ को महामारी अझै एक वर्ष लम्बिने चेतावनी दिएको छ।
कोभिड विरुद्धको खोपको असमान वितरणका कारण अझै एक वर्ष सजिलै महामारी लम्बिने चेतावनी दिइएको हो ।
गरिब देशले अझै आवश्यकता अनुसार अझै खोप पाइनसकेकाले सन् २०२२ मा पनि कोभिडको जोखिम कायमै रहने चेतावनी डब्ल्यूएचओले दिएको हो ।
अहिलेसम्म अफ्रिकी महादेशका पाँच प्रतिशत भन्दा कम मानिसले कोरोना भाइरसविरुद्धको खोप पाएका छन् । अरु महादेशमा ४० प्रतिशतसम्मले खोप लगाएका डब्ल्यूएचओलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।डब्ल्यूएचओका वरिष्ठ अधिकारी डा. ब्रुस यलवार्डले गरिब देशले आवश्यकता अनुसारको खोप नपाउनु भनेको नै कोभिडको महामारी सन् २०२२ सम्म लम्बिनु हो भन्नु भएको छ ।
धनी देशले आफ्नो आवश्यकता भन्दा बढी खोप मौज्दात गरेका कारण उत्पादकहरुले कम आय भएका देशहरुलाई प्राथमिकता दिन नसकेको उहाँले बताउनु भएको छ । यस्तै धनी देशहरुलाई प्रतिबद्धता अनुसारको खोपको आपूर्ति गर्न पनि उहाँको आग्रह छ ।