गोरखाको मान्बुमा ट्रक दुर्घटना : एक जनाकाे ज्यान गयाे, दुई जना घाइते
गोरखा – गोरखाको आरुघाट गाउँपालिका-१ मान्बुको डुण्डुरे खोलामा ट्रक खस्दा चालकको घटनास्थलमै ज्यान गएकाे छ ।
बा ५ ख १२३१ नम्बरको ट्रक बुधवार राति सडकबाट १५० मिटर तल खस्दा चालक धादिङको गङ्गाजमुना गाउँपालिका-७ का ३३ वर्षका मनोज श्रेष्ठको ज्यान गएकाे हाे।
बालुवा बोकेर धुन्चेत जाँदै गरेको ट्रकमा यात्रा गरिरहेका आरुघाट १ का ३५ वर्षका राजकुमार गुरुङ र उहाँकी छोरी ३ वर्षकी दिव्या गुरुङ घाइते भएका छन् ।
दुवै जनालाई आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेर थप उपचारका लागि काठमाण्डौ रेफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
कच्ची र चिप्लोबाटोमा ट्रक अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएकाे छ ।