विराटनगरबाट हुने उडान र अवतरण अनिश्चित

जनपत्र
४ कार्तिक २०७८, बिहीबार १०:०३

काठमाण्डाै – विराटनगर विमानस्थलमा आज पनि उडान नहुने भएको छ । धावनमार्ग बाहेक विमानस्थलका अरु क्षेत्रमा पानी जमिरहेकाले आज पनि उडान र अवतरण हुने सम्भावना कम रहेको विमानस्थल कार्यालयले जनाएको छ।

‘पानी पर्न रोकिएसँगै विमानस्थलको रन वे को पानी सुकेको छ तर, अन्य क्षेत्र सबै डुबान छ, यसले गर्दा आज उडान हुने सम्भावना छैन’ – विमानस्थलका एक कर्मचारीले उज्यालोलाई बताए ।  विमानस्थलमा आज विज्ञ टोलीले अनुगमन र निरीक्षण गर्नेछ ।

मिलेसम्म  विमानस्थलमा फसेका दुई वटा जहाजलाई भने काठमाण्डौ फर्काइने छ । तर, त्यसअघि जहाज उडाउन मिल्ने नमिल्नेबारे अध्ययन हुनेछ । उडान भर्न मिले ती जहाजलाई काठमाण्डौ फर्काइने छ । लगातारको झरीसँगै विमानस्थल डुबानमा पर्दा अस्तिदेखि विराटनगर विमानस्थलमा उडान अवतरण रद्द भएका छन् ।

देशका अन्य ठाउँमा भने अहिले उडान अवतरण भइरहेको त्रिभुवन विमानस्थल कार्यालय काठमाण्डौले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*