वाग्मतीको नेतृत्व र मन्त्रालय बाँडफाँड गर्न गठबन्धनकाे बैठक बस्दै

जनपत्र
४ कार्तिक २०७८, बिहीबार ०६:२४

वाग्मती प्रदेशमा नयाँ सरकार गठनका विषयमा छलफल गर्न बिहीबार बिहान गठबन्धनको बैठक बस्ने भएको छ । बिहीबार अपराह्न वाग्मती प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।

कांग्रेस प्रदेश संसदीय दलका एक नेताकाअनुसार बिहानको बैठकले प्रदेशको नेतृत्व र मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउनेछ । गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) रहेका छन् ।

वाग्मती प्रदेशसभा बैठक बिहीबार अपराह्न ४ बजेका लागि बोलाइएको छ । गत २४ असोजमा बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव पेश गरेकी थिइन् । भोलिको बैठकमा उनले विश्वासको मत लिनेछिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*