सहकारीको प्रबद्धर्नमा स्थानीय तहको सहकार्य आवस्यक छ –बडाल

हेटौंडा / सहकारी क्षेत्रको प्रबद्धर्नमा स्थानीय तहसंग सहकार्य र समन्वय बिषयक अन्तरक्रिया कार्यक्रम आज हेटौंडामा भएको छ । राष्ट्रिय सहकारी संस्था लिमिटेड नेपालको आयोजना तथा जिल्ला सहकारी संघ मकवानपुरको संयोजनमा कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उध्घाटन् गर्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव प्रसाद बडालले सहकारी क्षेत्रको बिकाशका लागि स्थानीय तहका जनप्रतिनिधिहरु लाग्नुपर्ने बताउनुभयो । सहकारीका माध्यमले आफ्ना स्थानीय तहमा काम गर्न सहज हुने उहाँले बताउनुभयो । सहकारीको प्रबद्धनमा स्थानीय तहको प्रमुख भूमिका हुने उहाँले बताउनुभयो ।
सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री प्रसाद लंसालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, पूर्ब सांसद केदार न्यौपाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायण प्रसाद देबकोटा लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा मकवानपुरका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत, सहकारीका संस्थाका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।