विराटनगर विमानस्थल जलमग्न, सबै उडान रद्द

जनपत्र
३ कार्तिक २०७८, बुधबार ०९:२८

काठमाण्डाै – लगातारको वर्षाका कारण आन्तरिक उडान प्रभावित भएको छ ।  विराटनगर विमानस्थल जलमग्न भएकाले काठमाण्डाै–विराटनगरका सबै उडान रद्द भएका त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

केसलीया खोलामा आएको बाढी पस्दा विराटनगर विमानस्थलको रनवे, पार्किङ लगायतका ठाउँ डुबानमा परेका छन् । अन्य क्षेत्रमा भने उडान हुन थालेको कार्यालयले जनाएको छ । खराब मौसमका कारण हिजो एकै दिन एक सय वटा आन्तरिक उडान रद्द भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*