भीमबहादुर विश्वकर्मालाई साँस्कृतिक शहीद घोषणा गर्न अधिकारकर्मीको माग

जनपत्र
३ कार्तिक २०७८, बुधबार ०६:२९

चितवनको भरतपुरस्थित दुर्गा मन्दिरमा पुजा गर्ने विषयमा भएको विवादमा मृत्यु भएका भीमबहादुर विश्वकर्मालाई सांस्कृतिक शहीद घोषणा गर्न प्रदेश १ का दलित अधिकारकर्मीहरूले माग गरेका छन् । दलित अधिकारका क्षेत्रमा कार्यरत प्रदेश १ का विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई क्षतिपूर्ती र मृतक विश्वकर्मालाई साँस्कृतिक शहिद घोषणा गर्न माग गरेका हुन् ।

उनीहरूले घटनाको न्यायीक छानबिनका लागि दलित समुदायकै नेतृत्वमा उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरी घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।

अधिकारकर्मीहरूले अपराधीलाई हदैसम्मको कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन समेत सरकार समक्ष माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ुउक्त घटनाको न्यायीक छानबिनका लागि शिल्पी ९तथाकथित दलित० समुदायको नेतृत्वमा संसदीय उच्चस्तरीय छानबिन समिति बनाइ घटनाको सत्यतथ्य बाहिर ल्याइ अपराधीलाई हदैसम्मको कारबाही र पीडितका परिवारलाई क्षतिपूर्ति र मृतकलाई सांस्कृतिक सहिद घोषणा गर्न नेपाल सरकारलाई हामी जोडदार माग गर्दछौं।’

मन्दिरमा पुजा गर्ने विषयमा विवाद हुँदा चितवनको भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको मृत्यु भएको थियो । भीमबहादुरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दिलीप श्रेष्ठ र सीताराम क्षेत्री पक्राउ परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*