मनहरीमा काठमिल स्थापना, संचालनको पहल गर्दै उद्योग मन्त्रीसंग भेट

हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका वडानम्बर ९ ज्यामिरेमा काठमिल स्थापना भईसकेको छ । गाउँपालिका क्षेत्रका १० वटा सामुदायिक वनको लगानीमा काठ मिल निर्माण गरिएको हो । काठमिल वनिसकेपनि यसलाई संचालनमा ल्याउनका लागि केही कठिनाई भएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।
गाउँपालिकाको पहलमा निर्माण गरिएको काठमिलका लागि बिजुलीको समस्या भएको छ । यही समस्या समाधानका लागि पहल गर्नका लागि अध्यक्ष उप्रेती सहितको टोलिले उद्योगमन्त्री मातृका यादब संग भेट गरेको छ । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ का सांसद कृष्ण प्रसाद दाहाल, अध्यक्ष उप्रेती लगायतकाको टोलिले मन्त्री यादब संग भेट गरेको हो ।
मन्त्री यादबले काठमिल संचालनका लागि केही कानुनी जटिलता भएकाले समाधानका लागि पहल भइरहेको बताउनुभयो । काठ चिरानका लागि जनसक्ति अभाव हुने, भएका जनसक्तिबाट पनि महगोमा काठ चिरान गर्नुपर्ने बाध्यता भोग्दै आएका स्थानीय वासिन्दाहरुको समस्यालाई समाधान गर्नका लागि सामुदायिक वनको काममा गाउँपालिकाले साथ दिएको थियो ।