सीमा नाका सुचारु गर्न परराष्ट्रमन्त्री खड्काकाे पहल

जनपत्र
३ कार्तिक २०७८, बुधबार ०५:५८

परराष्ट्रमन्त्री डा। नारायण खड्काले तातोपानी र रसुवागढी नाका नियमित सुचारु गर्न व्यवस्थापन मिलाउन चिनियाँ सकमक्षी वाङ यीलाई आग्रह गरेका छन् । यसका साथै उनले दुई मुलुकको हवाई उडान पनि नियमित गर्न जोड दिएका छन् ।नेपाल(चीन व्यापारमा नै असर गर्ने गरि सीमा नाका र हवाई सेवा अवरुद्ध भएको विषयलाई उनले उच्च तहमा नै उठाएका हुन् । मन्त्री खड्काले सोमबार बिहान चिनियाँ काउन्सिलर एवं विदेशमन्त्री वाङसँग एक घण्टा लामो टेलिफोन वार्ता गरेका थिए ।

नेपाल र चीनबीचको सबै विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री खड्काले लामो छलफलमा पटक(पटक भनेको विषय हो, तत्काल सीमा नाका सुचारु र नियमित हवाई उडान । चीनले सीमा नाका अवरुद्ध गरिदिँदा नेपाली व्यवसायी मारमा परेको विषय मन्त्री स्तरमा नै उठाउन पर्ने अवस्था आएको छ । मौसम अनुसारका समान, मल, लगायत समाग्री रहेको कन्टेनरहरु सीमामा अलपत्र परेको र नेपाली व्यवसायीहरु समस्यामा परेको विषय उठाएका थिए ।

परराष्ट्र मन्त्री खड्काले चीन अध्ययन गरेका विद्यार्थी त्यता जान र नेपाल आउन नपाएको विषयलाई समेत ध्यानमा राखेर कुराकानी गरेका थिए । चिनियाँ सकमक्षी वाङले यो विषयमा आफूले बुझेर सहजीकरण गर्ने जानकारी दिएको पनि जनाइएको छ ।

यस अलवा अन्य दुईपक्षीय समग्र विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपाल–चीन सम्बन्धबीचमा रहेका सबै खाले अवरोधलाई हटाउने र स्पष्ट हुँदै अघि बढ्ने विषयमा छलफल केन्द्रित रहेको थियो ।

आफ्ना सकमक्षीलाई स्पष्ट रुपमा नै एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको र चीनले पनि नेपाललाई छिमेकको तवरमा सहयोग जारी राख्ने समस्याको गाँठो फुकाउने जस्ता कार्यमा जोड दिन पर्ने विषय उठाएका थिए । आर्थिक कूटनीतिका पारंगत खड्काले नेपालको विकासमा चीनको भूमिका रहने भन्दै सीमा नाकालाई व्यवस्थित गर्ने विषयमा पनि जोड दिएका थिए ।

चीनसँग खासगरी तातोपानी र रसुवागढी दुई अन्तर्राष्ट्रिय नाकाका रुपमा रहे पनि सबै महिना यी नाका सुचारु हुन सक्दैनन् । चीनले त्यसलाई व्यवस्थित नगरिदिएको अवस्थामा रेलको विषय नेपाल उठाएर चीनबाट चुच्चेरेलको सपना पनि देखाइएको थियो ।

अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज र चुच्चे रेल कुन पहिला भन्ने जस्ता कुरा समेत गरेर चुच्चेरेलमा बेइजिङ पुग्ने सपना बाँडे । तर सीमा नाका समेत व्यवस्थित नगरी बालुवाटारबाट बाहिरिए । अहिले खड्काले रेलको होइन भएका र सुचारु रहेको विषयलाई जोड दिँदै त्यसलाई व्यस्थित गर्ने तर्फ लागेको परराष्ट्र अधिकारीले बताए ।

एक अधिकारीले मन्त्री डा। खड्काले पटक(पटक वार्तामा भनेको विषय सुनाए, ‘ठूला सपना हामीले देख्नुपर्छ तर जुन न्यूनतम हुन पर्ने हो त्यसलाई पहिला अधिकतम उपयोग गर्ने अवस्थामा पुर्‍याउन आवश्यक छ । हामीलाई रेल चाहिन्छ तर अहिले नाका व्यवस्थापन गरौँ । सडक संजाललाई राम्रो बनाऔँ । भएका अवरोध हटाऔँ ।’

त्यसअलवा सीमाको विषयमा निस्केको विवाद पनि समाधान गर्न पर्नेमा जोड दिए । उनले सीमा व्यवस्थापन महत्वपूर्ण पाटो रहेकाले त्यसलाई सामान्य रुपमा लिन नमिल्ने भन्दै यस तर्फ पनि चिनियाँ समकक्षीको ध्यान खिचेका थिए ।

चीनले नेपाललाई उपलब्ध गराएको खोपप्रति कृतज्ञता व्यक्त गरेका थिए । चीनले थप २० लाख भेरोसिल खोप अनुदानमा उपलब्ध गराउने भएको छ । खोप उपलब्ध गराएको विषयमा मन्त्री खड्काले पुनः कृतज्ञता व्यक्त गरेका थिए । चीन र नेपालबीच भएको पारवहन प्रोटोकल हस्ताक्षरदेखि अन्य सहकार्यको विषयमा पनि छलफल भएको थियो । बेल्ट एण्ड रोड इनिसियटिभ ९बीआरआई० को विषयमा पनि छलफल भएको थियो ।

छनौट भएको परियोजना अघि बढ्न नसकेको विषयमा छलफल हुँदै प्राथमिकताको आधारमा अघि बढाउने विषयमा कुरा भएको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि चीनसँग यो पहिलो पटक परराष्ट्र मन्त्री स्तरमा यति लामो छलफल भएको हो । यो छलफललाई परराष्ट्रमन्त्री खड्काले सकारात्मक रुपमा व्याख्या गर्दै भने, ‘चीन हाम्रो छिमेकी मुलुक हो । चीनसँग नेपालको ठूलो समस्या छैन । भएका समस्या समाधान गर्दै अघि बढ्नुपर्छ । हामीलाई पनि चीनले मित्रभाव राखेर विकास प्रक्रियामा सहयोग गरिरहेको छ । त्यसमा अझ वढवा दिए हुने हाम्रो अपेक्षा हो ।’

परराष्ट्रमन्त्री खड्कालाई समकक्षी वाङले चीन भ्रमणको निम्ता समेत गरेका छन् । उनी समय मिलाएर चीन भ्रमणमा जाने जानकारी वाङलाई दिइसकेका छन् । चीनसँग कुराकानीमा सधै राम्रो हुने तर सहकार्यमा कमजोर रहेको अवस्थामा नेपाल र चीनबीच यस विषयमा गम्भीर ुरिभ्यूु गर्नु पर्ने अवस्था छ । ईकागजबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*