बैतडीको ढुंगाडमा ५० जनाभन्दा धेरै सेती नदीको बीचमा फसे, हेलिकप्टर जान सकेन

जनपत्र
२ कार्तिक २०७८, मंगलवार १६:२१

बैतडी – बैतडीको सिगास गाउँपालिकाका ५० जनाभन्दा धेरै सेती नदीको बीचमा फसेका छन् । सिगास गाउँपालिकाको वडा नम्बर ५ ढुंगाडमा झन्डै ५० जना हिजाे साेमवार रातिदेखि फसेका गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले उज्यालोलाई जानकारी दिनुभयो ।

हिजाे राति नदी बस्तीमा पसेपछि केही गाउँलेलाई विद्यालयमा लगेर राखिएको छ, तर उद्धारकै क्रममा नदी बढेर बस्ती डुबानमा परेपछि उनीहरू त्यहीँ फसेका हुन् ।

अहिले नदी बस्तीको वरिपरि फैलिएको छ । फसेका नागरिकको उद्धारका लागि आफूले बिहानै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरे पनि उद्धार हुन नसकेको अध्यक्ष सिंहको भनाइ छ ।

लगातारको ठूलो पानीका कारण हेलिकप्टर पनि प्रभावित क्षेत्रमा जान सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*