हेटौंडामा बसमा तोकिएको भन्दा बढी भाडा लिने दुइजना पक्राउ, बढी भाडा लिने टाटासुमोलाई प्रहरीको छुट

जनपत्र
२ कार्तिक २०७८, मंगलवार ११:५३

हेटौंडा । हेटौंडाबाट काठमाण्डौं जाने यात्रुसंग तोकिएको भन्दा बढी भाडा लिने दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ । बसमा चढाएर काठमाण्डौं पुर्याउने भन्दै बढी भाडा लिने दुइजनालाई प्रहरी पक्राउ समेत गरेको छ ।

बसलाई नियन्त्रणमा लिएर जरिवाना समेत गरेको छ । तर, हेटौंडा–काठमाण्डौं चल्ने टाटासुमोले तोकिएको भन्दा दोब्बर भाडा दिनहुँ असुली गरिरहँदा पनि प्रहरीले छुट दिएको छ ।

यसअघि पाँच वटा सुमोले ठगि गरेर यात्रुसंग दोब्बर भाडा असुल गर्दा ठगि मुद्धा चलाउनुको सट्टा न्युनतम एक हजार रुपैयाँ ट्राफिक जरिवाना लिएर छोडिदिएको थियो । आज बसले यात्रुसंग बढी भाडा लिएकोमा दुइजनालाई पक्राउ गरेर प्रहरी कार्यालयमा राखिएको छ ।

एउटै प्रकारको ठगिमा बस र टाटासुमोलाई फरक तरिकाले जिल्ला प्रहरी कर्याालय मकवानपुरले कार्बाही प्रक्रिया अगाडी बढाएकोमा यातायात व्यावसायीहरु भने आक्रोसीत भएका छन् । तोकिएको भाडा दर भन्दा बढी रकम लिने बस नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले वताउनुभयो ।

आजै मकवानपुर प्रहरीले काठमाण्डौ सम्म पुर्‍याईदिन्छु भनि यात्रुहरुसंग तोकिएको भाडा दर भन्दा बढी रकम लिने ना ४ ख ९३११ नंम्बरको यात्रुवाहक बसलाई नियन्त्रणमा लिई बढी भाडा फिर्ता गरी उक्त बसलाई गन्तब्य तर्फ छाडिएको छ ।

बढी भाडा उठाउने जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १ बस्ने २६ वर्षका रविन सुबेदी र सोही ठाउँका ३४ वर्षिय को सुधेस परियारलाई नियन्त्रणमा लिई आवस्यक कारवाही भईरहेको दासले वताउनुभयो । छोटो दुरीको मार्गमा चल्ने बढी भाडा असुल गर्ने पाँच सय टाटासुमोहरुले भने ठगि गर्न छोडेका छैनन् । प्रहरी भने थाहा नपाएझै बसेको छ ।

सुमो र बसले भाडादरमा ठगि गर्यो भनेर कसैले पनि उजुरी नदिएकाले ठगिमा सुमो र बसलाई मुद्धा चलाउन नसकिएको निमित्त प्रहरी प्रवक्ता दासले वताउनुभयो । ऐनमा उल्लेख गरेअनुसार बढी भाडा लिनेलाई एक हजार देखि पाँच हजार रुपैयाँ सम्म जरिवाना लिने नियम अनुसार जरिवाना रकम लिएर छोडिएको उहाँले वताउनुभयो । सुमोले ठगि गर्दा समेत जरिवाना पनि न्युनतमलाई मात्र लिइएको छ । बढी भाडा भने फिर्ता गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*