भाेलि मुस्लिम समुदायले सार्वजनिक बिदा पाउने

जनपत्र
१ कार्तिक २०७८, सोमबार १८:४२

काठमाण्डाै – भोलि मङ्गलवार मुस्लिम समुदायले सार्वजनिक बिदा पाउने भएका छन् ।

आज साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते भोलि मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसैबीच प्रदेश २ सरकारले मुस्लिम धर्माम्बलीका धर्मगुरु पैगम्बर माेहम्मदकाे जन्मदिनको अवसरमा भाेलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*