टी–२० विश्व कप २०२१ काे पहिलाे ह्याट्रिक आयरल्यान्डका बलर क्याम्फरकाे नाममा

जनपत्र
१ कार्तिक २०७८, सोमबार १८:३३

काठमाण्डाै – आयरल्यान्डका बलर कर्टिस क्याम्फरले नेदरल्यान्ड्ससँगको खेलमा ह्याट्रिक लिएका छन् । टी–२० विश्व कप २०२१ अन्तर्गत आज सोमवार समूह ‘ए’ को पहिलो खेलमा आयरल्यान्डका बलर कर्टिस क्याम्फरले ह्याट्रिक लिएका हुन् ।

यो टी–२० विश्व कप २०२१ को पहिलो ह्याट्रिक पनि हो । १० औँ ओभरमा आफ्नो दोस्रो ओभरको बलिङ गरेका क्याम्फरले दोस्रो, तेस्रो, चौथो र पाँचौँ बलमा विकेट लिएका हुन् ।

क्याम्फर टी–२० क्रिकेटमा लगाचार चार बलमा चार विकेट लिने तेस्रो बलर पनि बनेका छन् ।

यसअघि राशिद खान र लासिथ मालिङ्गाले यो उपलब्धि हासिल गरिसकेका छन् ।

विश्व कपको पहिलो चरणमा आयरल्यान्ड, नामिबिया, श्रीलङ्का र नेदरल्यान्ड्स समूह ‘ए’ मा छन् भने बङ्गलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान समूह ‘बी’ मा रहेका छन् । दुई वटा समूहका शीर्ष दुई/दुई टोली अन्तिम १२ मा पुग्नेछन् । अन्तिम १२ का खेल आउँदो शनिवारदेखि सुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*