दशैं मनाउन मकवानपुर आएकाहरु काठमाण्डौं फर्किन थाले
हेटौंडा । दशैं मनाउन मकवानपुर आएका सर्बसधारण धमाधम काठमाडौँ फर्किन थालेका छन् । आफ्न्तसग टिका लगाउने, रमाइलो गर्ने साथीभाइ भेटघाट गर्ने काम सकिएपछी मकवानपुर आएकाहरु फर्कन थालेका हुन् ।
हेटौंडाको बसपार्कमा बसमा चढेर काठमाण्डौ जान लागेकाहरुको निकै भिड छ । त्यसैगरी टाटासुमो मार्फत काठमाण्डौ जान लागेकाहरु पनि सुमो काउन्टरहरुमा दिनहुँ भिड लाग्न थालेको सुमो चालकहरु वताउँछन् ।
विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मस्थान छाडेर शहर पसेकाहरु दशैं मनाउन घर आउने गर्दछन् । यस वर्षको दशैं मनाउन कर्मथलो छाडेर आफ्नो जन्मघर तथा आफन्तकहाँ गएकाहरु दशै मनाएर कर्मथलोमा फर्कन थालेका हुन् ।
दसैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिनेक्रम जारी रहेको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने चलन छ ।