दशैं विदामा बन्द भएका मकवानपुरका सरकारी कार्यालय खुले, अधिकांश कार्यालय सुनसान

जनपत्र
३१ आश्विन २०७८, आईतवार १०:१३

हेटौंडा । दशैंको विदा सकिएसँगै मकवानपुरका सबैजसो सरकारी कार्यालय आजबाट खुलेका छन् । कार्यालय खोल्नका लागि कार्यालय सहयोगी आएपनि तल्लो तहदेखि हाकीम सम्मका कर्मचारी कार्यालयमा उपस्थित भएका छैनन् ।

बिशेषगरी बागमती प्रदेशका सातवटै मन्त्रालय, मातहतका कार्यालय, संघका जिल्ला स्थित कार्यालय, स्थानीय तहका कार्यालयहरुमा कर्मचारी अत्यन्त कम मात्र आइपुगेका छन् । खुलेका कार्यालयमा पनि सेवा लिन आउने सेवाग्राहीहरु भने अत्यन्त कमै मात्र आएका छन् ।

अझै पनि मकवानपुर जिल्लामा दशैको टिका थाप्न जानेहरुको चहलपहल भने कायमै छ । आफन्तको हातबाट टिका थाप्न जाने र आउनेहरु उत्तिकै रहेका छन् ।

आज टीकाको तेस्रो दिन पनि मान्यजन तथा आफन्तबाट टीका थाप्ने र आशिर्वाद लिने क्रम चलिरहेको छ । टीकाको दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*